काठमाडौं । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठक अपराह्न ४ बजे मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका बालेनले आजै शपथ लिएका थिए ।
साथै, १५ नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।
बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् ।
सरकारले गर्ने केही महत्वपूर्ण कामबारे आजको मन्त्रिपरिषदबाट निर्णय हुने बताइएको छ ।