Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई अमेरिकाले दियो बधाई

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई अमेरिकाले दियो बधाई

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संयुक्त राज्य अमेरिकाले औपचारिक रूपमा बधाई दिएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावास नेपालले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह तथा नवगठित सरकारलाई शुभकामना व्यक्त गर्दै आगामी सहकार्यका लागि सकारात्मक संकेत दिएको हो ।

दूतावासले नेपालसँग आपसी समृद्धि र क्षेत्रीय स्थिरता प्रवर्द्धनका लागि अमेरिका सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेको छ।

साथै, दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077