Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओली र लेखक पक्राउप्रति अनेरास्ववियुको आपत्ति, विरोधस्वरुप टायर बालेर प्रदर्शन

ओली र लेखक पक्राउप्रति अनेरास्ववियुको आपत्ति, विरोधस्वरुप टायर बालेर प्रदर्शन

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति कडा विरोध जनाएको छ ।

अनेरास्ववियुले यसलाई राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको कदम भन्दै कानुनी राज्यको उपहास भएको टिप्पणी गरेको छ ।

संगठनका अध्यक्ष दिपक धामीले जारी गरेको विज्ञप्तिमा सरकार बनेको २४ घण्टा नबित्दै शीर्ष नेतामाथि धरपकड गर्नु गलत भएको उल्लेख गरिएको छ । कानुनी रूपमा पुष्टि हुन नसक्ने आधारमा यस्तो कदम चालिएको भन्दै आलोचना गरिएको छ ।

ओली र लेखकलाई शनिबार एकाबिहानै प्रहरीले पक्राउ गरेको थियो।

२३ र २४ भदौको जेनजी आन्दोलनमा दोषि देखाउँदै शुक्रबार रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएसँग ओली-लेखकलाई पक्राउ गर्न सरकार सक्रिय भएको थियो।

ओलीलाई तत्काल रिहा गर्न माग गर्दै अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन पनि गरेको छ ।

पार्टीको शनिबारै बसेको सचिवालय बैठकले दिएको निर्देशनअनुसार अनेरास्ववियुले प्रदर्शन गरेको हो।

सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमालेले सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077