एजेन्सी । लेबनानमा शनिबार भएको इजरायली हवाई आक्रमणमा तीन पत्रकारको मृत्यु भएको छ ।
इजरायल–हिज्बुल्लाहबीच जारी द्वन्द्वको समाचार संकलन गरिरहेका क्रममा उनीहरू आक्रमणको शिकार बनेका हुन् ।
हिज्बुल्लाहसम्बद्ध अल–मनार टिभीका वरिष्ठ संवाददाता अली शुएब आक्रमणमा मारिएका छन्। उनी दक्षिणी लेबनानबाट करिब ३० वर्षदेखि रिपोर्टिङ गर्दै आएका अनुभवी पत्रकार थिए।
हिज्बुल्लाहले उनी आफ्नो गुप्तचर निकायसँग पनि सम्बद्ध रहेको दाबी गरेको छ र उनलाई लक्षित गरी आक्रमण गरिएको आरोप लगाएको छ ।
यसैगरी, बेरुतस्थित अल–मायादीन टिभीकी रिपोर्टर फातिमा फतौनी र उनका भाइ तथा भिडियो पत्रकार मोहम्मदको पनि सोही आक्रमणमा ज्यान गएको जनाइएको छ।
प्रत्यक्ष प्रसारणका लागि तयारी गरिरहेकी फतिमा आक्रमण हुनु अघि नै रिपोर्टिङमा व्यस्त थिइन्।