Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीको रिहाइको माग गर्दै एमालेले जिप्रका काठमाडौंमा पनि बुझायो ज्ञापनपत्र

ओलीको रिहाइको माग गर्दै एमालेले जिप्रका काठमाडौंमा पनि बुझायो ज्ञापनपत्र

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै एमालेका नेता तथा कार्यकर्ताहरूले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएका छन्।

गौरिबहादुर कार्कीको नेतृत्वमा बनेको कार्की आयोगको सिफारिमा शनिबार बिहान तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेका थिए ।

ओलीलाई प्रतिशोध साध्न पक्राउ गरिएको भन्दै उनीहरूले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइरहेका छन्। यसै क्रममा केही कार्यकर्ता जिप्रका काठमाडौं पुगेर बुझाएका हुन्।

यसअघि ललितपुर जिल्ला प्रशासन कार्यालय परिसरमा पनि ज्ञापनपत्र बुझाउन एमाले समर्थकहरू र्‍यालीसहित पुगेका थिए ।

यसैगरी एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएको छ।

पक्राउपछि शनिबार पनि एमालेले राजधानीमा प्रदर्शन गरेको थियो । स्थितिलाई मध्य नजर गर्दै देशैभर सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077