Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बढ्दो आन्तरिक विवादबीच नवनिर्वाचित सांसदलाई पूर्णबहादुर-शेखर समूहको बधाई

बढ्दो आन्तरिक विवादबीच नवनिर्वाचित सांसदलाई पूर्णबहादुर-शेखर समूहको बधाई

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । नेपाली काँग्रेसभित्रको आन्तरिक विवादबीच निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाको उपस्थितिमा पार्टीका नवनिर्वाचित सांसदहरूलाई बधाई कार्यक्रम जारी छ।

महाराजगन्जस्थित स्मार्ट होटेलमा जारी कार्यक्रममा खड्का र कोइरालासँगै वरिष्ठ नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, जीतजंग बस्नेत लगायतका नेताहरू सहभागी छन् भने केही नवनिर्वाचित सांसद पनि उपस्थित छन्।

प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा काँग्रेसले ३८ सिट जितेको थियो। 

गत पुस ३० गते विशेष महाधिवेशनबाट र्निवाचित र निर्वाचन आयोगबाट प्राप्त सभापति गगनकुमार थापा पक्षको काँग्रेसले नवनिर्वाचित सांसदहरूको लागि यसअघि सानेपामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा खड्काले र गगन पक्षले अलग अलग वक्तव्य समेत जारी गरेका थिए ।

पार्टीभित्रको विवाद तीव्र बन्दै गएपछि खड्का-कोइराला समूहले समानान्तर गतिविधि सुरु गरेका छन् ।

यसैबीच खड्काले मंगलबार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077