Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आईजीपी कार्कीको निर्देशन - बिचौलियाको अन्त्य गर्नू, निःशुल्क निवेदन लेख्नू

आईजीपी कार्कीको निर्देशन - बिचौलियाको अन्त्य गर्नू, निःशुल्क निवेदन लेख्नू

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवामा देखिएको बिचौलिया प्रथाको अन्त्य गर्न कडा निर्देशन दिएका छन् ।

बुधबार बुटवल स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन गर्दै आईजीपी कार्कीले यस्तो निर्देशन दिएका हुन् ।

उनले सर्वसाधारणलाई प्रत्यक्ष र सहज सेवा दिन प्रहरी संयन्त्रलाई सक्रिय हुन आग्रह गरे । बिचौलियाको नाममा हुने शोषण र अवैध चलखेल अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।

उनले विशेषगरी निवेदन लेख्ने नाममा सर्वसाधारण, सीमान्तकृत वर्ग तथा अशिक्षित नागरिकबाट अनावश्यक शुल्क असुल्ने प्रवृत्तिको कडा आलोचना गरे ।

यस्तो अवस्थाको अन्त्य गर्दै प्रहरीले आफैं निःशुल्क रूपमा निवेदन लेख्ने व्यवस्था मिलाउनुपर्ने उनको निर्देशन छ। साथै, स्वयंसेवीमार्फत हुने सहयोगमा पनि पारदर्शिता कायम गर्न उनले सचेत गराए।

आईजीपी कार्कीले प्रहरी कर्मचारीलाई व्यवहार, बोलीवचन र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जोड दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077