Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विमानस्थलमा गृहमन्त्रीको ‘सरप्राइज’ अनुगमन, सेवाग्राहीलाई सास्ती नदिन निर्देशन

विमानस्थलमा गृहमन्त्रीको ‘सरप्राइज’ अनुगमन, सेवाग्राहीलाई सास्ती नदिन निर्देशन

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सेवाग्राहीबाट गुनासो आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अनुगमन गरेका छन् ।

बिहीबार साँझ टोलीसहित विमानस्थल पुगेका उनले त्यहाँको सेवा प्रवाह, यात्रु व्यवस्थापन र सुरक्षा जाँच प्रक्रियाबारे स्थलगत निरीक्षण गरेका थिए ।

पछिल्लो समय सर्वसाधारणले विमानस्थलमा अनावश्यक झन्झट, ढिलासुस्ती र दुर्व्यवहारको गुनासो गर्दै आएका थिए।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सम्बन्धित कर्मचारीलाई स्पष्ट निर्देशन दिँदै भने, 'सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्नुस्।' उनले विशेषगरी विदेशबाट फर्किएका नेपालीले विमानस्थलमै दुःख पाउने अवस्था अन्त्य गर्न जोड दिए।

सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामग्रीमा अनावश्यक जाँच नगर्न र प्रक्रियालाई सहज, छिटो र पारदर्शी बनाउन पनि उनले निर्देशन दिएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077