Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धनुषाबाट ४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

धनुषाबाट ४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

शुक्रवार , चैत्र २०, २०८२

जनकपुरधाम । धनुषाबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले प्रहरी निरीक्षक ओकिल अधिकारीलाई आज बिहान धनुषाको लालगढबाट घुससहित पक्राउ गरेको हो ।

कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग खटिएका निरीक्षक अधिकारीले विभिन्न बहाना बनाएर निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा काममा निरन्तर दुःख-हैरानी दिने गरेका थिए।

निर्माण कार्यमा अवरोध नगर्ने शर्तमा घुस लिइरहेको अवस्थामा अधिकारीलाई ४० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालय जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077