Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपा सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने, उपसभामुखमा भने दाबी

नेकपा सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने, उपसभामुखमा भने दाबी

'प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने '

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने निर्णय गरेको छ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले आफनो पार्टीले सभामुख पदमा उम्मेवारी नदिने र रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने बताएका छन् ।

‘संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपालाई हाम्रो समर्थन रहन्छ,’ दुलालले भने ।

यद्यपी नेकपाले सहमति भए उपसभामुख पदमा उम्मेदवारी दिने दाबी गरेको छ । 

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने निर्णय गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले संसद् सञ्चालनको मर्यादा र सन्तुलन कायम राख्ने दायित्व सभामुखमा केन्द्रित हुने भएकाले प्रतिस्पर्धाबाट बाहिर रहने निष्कर्षमा पार्टी पुगेको स्पष्ट पारेका छन्।

यता नेकपा एमालेले भने कांग्रेसले उम्मेदवारी दिएको खण्डमा आफूले समर्थन गर्ने र यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए आफैँले उम्मेदवारी दर्ता गर्ने तयारी छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक सहमतिपछि पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदका लागि अघि सारेको छ । उनको उम्मेदवारी दर्ता भइसकेको छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा उक्त दलको एकल बहुमत रहेको परिप्रेक्ष्यमा अर्यालको पक्षमा परिणाम जाने आकलन गरिएको छ। यस्तो अवस्थामा सभामुख चयन प्रक्रिया औपचारिकतामै सीमित रहने सम्भावना देखिएको छ।

सभामुखका लागि आज दिउँसो २ सम्म मनोनयन दर्ताको समय तोकिएको छ । सभामुख चयनका लागि चुनाव भने आइतबार हुँदै छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077