Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से १०५.५० अंकले घट्दा १२ अर्बको कारोबार

नेप्से १०५.५० अंकले घट्दा १२ अर्बको कारोबार

आइतवार , चैत्र २२, २०८२

काठमाडौं। आइतबार नेप्से १०५.५० अंकले घटेको छ। 

अघिल्लो कारोबार दिनको तुलनामा आज नेप्से ३.७९ प्रतिशतले घटेर २६७६.६८ विन्दुमा अडिएको छ।

आइतबार ३४५ कम्पनीको एक लाख ४१ हजार ३६ पटकको कारोबारमा तीन करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर किनबेच भए। जसअनुसार आइतबार १२ अर्ब ३८ करोड नौ लाख १४ हजार ५७० रुपैयाँको कारोबार भयो। अघिल्लो कारोबार दिन अर्थात् गएको बिहीबार भने आठ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५ रुपैयाँको कारोबार भएको थियो।

सात कम्पनीका मात्र सेयरमूल्य बढे। २६१ कम्पनीका सेयर मूल्य ओरालो लागे। नेप्सेमा आइतबार १३ समूहको कारोबार भएकामा सबैका उपसूचक राताम्मे बने।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक ३.३२‚ विकास बैंक समूहको सूचक ४.३२‚ फाइनान्स समूह ३.९४‚ होटेल तथा पर्यटन ३.०४‚ जलविद्युत् ४.८४ तथा लगानी समूहको उपसूचक ३.३२ प्रतिशतले ओरालो लागे।

यस्तै जीवन बिमा ३.५९‚ उत्पादन तथा प्रशोधन समूह १.३३‚ लघुवित्त समूह ३.४३‚ म्युचुअल फन्ड समूह १.०३‚ निर्जीवन बिमा समूहको उपसूचक ३.८६‚ अन्य समूहको सूचक ६.०९ र व्यापार समूहको सूचक ३.५८ प्रतिशतले ओरालो लाग्यो।

नेप्सेमा चारवटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। सकारात्मक सर्किट लाग्नेमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड‚ भुजुङ हाइड्रोपावर लिमिटेड‚ रिजलाइन इनर्जी लिमिटेड र होटेल फरेस्ट इन लिमिटेड छन्। अर्थात् यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै नारायणी डेभलपमेन्ट बैंक‚ हिमालयन रि(इन्स्योरेन्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा छ। आज हिमालयन रि-इन्स्योरेन्सको ५८ करोड २८ लाख ४८ हजार ७४८ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज कुमारी बैंक लिमिटेड सबैभन्दा अगाडि रह्यो। कुमारीको सेयर आइतबार १५ लाख ४९ हजार ५३५ कित्ता किनबेच भयो। कुमारीको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २०९ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077