Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बृहतर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध दुई भ्रष्टाचारका मुद्दा

बृहतर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध दुई भ्रष्टाचारका मुद्दा

आइतवार , चैत्र २२, २०८२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आज धनुषाको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष शालीग्राम सिंहसहित ६ जना र ईशिता ट्रेडर्स उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

जनकपुरधाम स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा आर्थिक वर्ष २०७६/७७ मा दुई थान बायो घुम्ती शौचालय खरिदमा अनियमितता भएको भन्दै अख्तियारले तत्कालीन अध्यक्ष लगायत विरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ।

उनीहरूको मिलोमतोमा ५५ लाख २ हजार ८५४ भ्रष्टाचार भएको अख्तियारको ठहर छ। अख्तियारले दुई थान बायो घुम्ती शौचालय खरिदमा विनियोजित रकम खरिद ऐन विपरीत प्रतिस्पर्धा बिना सोझै खरिद गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको प्राप्त उजुरी सम्बन्धमा अनुसन्धान हुँदा बृहत्तर क्षेत्र विकास परिषदमा भ्रष्टाचार भएको आयोगको ठहर छ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्नेहरूमा अध्यक्ष अध्यक्ष सिंह सहित तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जीवी प्रसाद ढुङ्गाना तत्कालीन लेखापाल सावित्री कुमारी गिरी तात्कालीन खरिदार मदन कुमार चौधरी र यी सीता ट्रेडर्स तथा सोका प्रोप्राइटर पशुपतिनाथ पाठकलाई आरोपि बनाइएको छ। आयोगले भ्रष्टाचार भएको रकम बराबरको विगो दावी गरेको छ । 

त्यसैगरी अख्तियारले अर्को अभियोगपत्र समेत आर्थिक वर्ष २०७६/७७ मा पोर्टेबल शौचालय ५० स्थानका लागि विनियोजित रकममा समेत ५४ लाख ९९ हजार ९ सय ९९ भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको छ

यसमा पनि अध्यक्ष सिंह सहित तत्कालीन कार्यकारी निर्देशक ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत ढुंगाना, तत्कालीन लेखापाल गिरी तथा सीता ट्रेडर्स र सोका प्रोप्राइटर पशुपतिनाथ पाठकलाई आरोपी बनाइएको छ । यस मुद्दामा पनि सोही रकम बराबरको बिगो दाबी गरिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077