काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक बसेको छ ।
बैठक केहिबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
जारी बैठकमा निर्वाचनको बृहत् समीक्षा, पार्टी एकतालाई टुंग्याउनेसहित आगामी रणनीतिबारे छलफल हुने स्रोतले जनाएको छ ।
यसअघि बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए ।
समीक्षात्मक प्रतिवेदन प्रत्येक सदस्यलाई अध्ययनका लागि दिइएको छ । बिहीबारको बैठकमा पार्टी एकता र समायोजन, महाधिवेशन, आगामी कार्य योजना लगायत एजेन्डा पारित भएको थियो ।
नेकपाको केन्द्रीय कार्यसंयोजक समिति ४५ सदस्यीय छ । जसमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल छन् ।
सदस्यहरूमा झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटालगायतका नेताहरु छन्।