Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत

प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत भएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत भएको हो ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको ब्यहोरा जानकारी गराएका थिए । 

यसैगरी प्रतिनिधि सभाको अर्को बैठक यही चैत २४ गते मंगलबार अपराह्न १:०० बजे बस्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077