काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रमा कार्यरत इन्जिनियर महेन्द्रकुमार दासलाई घुससहित पक्राउ गरेको छ ।
दासलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिइएको हो ।
इन्जिनियर दासले हनुमाननगर कंकालिनी नगरपालिका–३ का सेवाग्राही कृष्ण मुरारी यादवसँग होटलमा भेट गरी घुस लिएको आरोप छ । सेवा उपलब्ध गराउने प्रक्रियामा विभिन्न बहाना बनाउँदै रकम मागेको उजुरीका आधारमा अख्तियारको टोली परिचालन गरिएको थियो।
अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।