Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२.६१ अंकले घट्यो नेप्से‚ पौने सात अर्बको कारोबार

२.६१ अंकले घट्यो नेप्से‚ पौने सात अर्बको कारोबार

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं। मंगलबार नेप्से २.६१ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.०९ प्रतिशतले घटेको नेप्से २७५७.४० विन्दुमा अडिएको हो।

सेयरबजारमा मंगलबार ३४५ कम्पनीको ८१ हजार ५८२ पटकको कारोबारमा एक करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० रुपैयाँको कारोबार भयो।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँको कारोबार भएको थियो।

 १३ समूहका कारोबार भएकामा चारवटाका उपसूचक बढे भने बाँकी नौ समूहका उपसूचक घटे। जसअनुसार मंगलबार वाणिज्य बैंक समूहको सूचक ०.०४ प्रतिशतले बढ्यो। विकास बैंक ०.६२ र फाइनान्स समूहको सूचक ०.४१ प्रतिशतले घट्यो। यस्तै होटेल तथा पर्यटन १.०८ र जलविद्युत् समूहको उपसूचक ०.१५ प्रतिशतले बढ्यो।

यसैगरी लगानी समूहको उपसूचक ०.४६‚ जीवन बिमा ०.४५‚ उत्पादन तथा प्रशोधन समूह ०.०५‚ लघुवित्त ०.१९‚ म्युचुअल फन्ड ०.५५ र निर्जीवन बिमा समूहको सूचक ०.३३ प्रतिशतले ओरालो लाग्यो। यस्तै अन्य समूहको सूचक ०.७१ प्रतिशतले बढ्दा व्यापार समूहको उपसूचक भने १.८८ प्रतिशतले घट्यो।

 तीनवटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा भुजुङ हाइड्रोपावर लिमिटेड‚ सुपर खुदी हाइड्रोपावर लिमिटेड र स्वेत-गंगा हाइड्रोपावर लिमिटेड छन्। अर्थात् यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै एनआईबीएल ग्रोथ फन्डका लगानीकर्ताले ७.०८ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रह्यो। आज ङादी ग्रुप पावरको २४ करोड २२ लाख ६१ हजार २९९ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। नेसनल हाइड्रोपावरको सेयर मंगलबार आठ लाख ४३ हजार ६६४ कित्ता किनबेच भयो। नेसनल हाइड्रोपावरको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २७६ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077