Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोशी खोलाका अवैध क्रसरमाथि गृहमन्त्री गुरुङको 'एक्सन', तत्काल बन्द गर्न निर्देशन

रोशी खोलाका अवैध क्रसरमाथि गृहमन्त्री गुरुङको 'एक्सन', तत्काल बन्द गर्न निर्देशन

मंगलवार , चैत्र २४, २०८२

काभ्रे । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोला क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगमाथि कडा कदम चाल्दै तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

मंगलबार रोशी क्षेत्रको स्थलगत अनुगमनमा पुगेका मन्त्री गुरुङले प्राकृतिक स्रोतको दोहनले ठूलो जोखिम निम्त्याएको भन्दै अब कुनै पनि अवैध गतिविधि सहन नहुने स्पष्ट पारेका हुन् ।

अनुगमनका क्रममा उनले गिट्टी–बालुवा उत्खननको अव्यवस्थित कार्यले नदीको बहाव परिवर्तन भई बाढी र पहिरोको जोखिम बढेको उल्लेख गरे।

'जनताको ज्यान र सम्पत्तिमा खेलवाड गर्ने कसैलाई पनि छुट छैन,' उनले भने, 'अवैध क्रसर तुरुन्त बन्द गरिन्छ, दोषीमाथि कारबाही हुन्छ।'

स्थानीयस्तरमा भने विगतमा ठेक्कापट्टामा ‘सेटिङ’ मिलाएर अवैध रूपमा क्रसर सञ्चालन गर्न दिइएको गुनासो उठ्दै आएको थियो। यसप्रति गृहमन्त्री गुरुङले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अब यस्ता गतिविधि पूर्ण रूपमा रोक्ने प्रतिबद्धता जनाए।

गत वर्ष रोशी क्षेत्रमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको थियो । विज्ञहरूले अनियन्त्रित उत्खनन र क्रसर उद्योगकै कारण बाढीको जोखिम बढेको निष्कर्ष निकालेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077