काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विभिन्न देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्री शाहले आज मध्याह्न सिंहदरबारमा नेपालमा रहेका विभिन्न देशका राजदूतसँग भेटवार्ता गर्न लागेका हुन् ।
परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तयार गर्ने बताइएको छ ।
विगतका प्रधानमन्त्रीहरूले राजदूतहरूलाई एक्लाएक्लै भेट्ने गरेका थिए ।