Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

संविधान संशोधन कार्यदलको पहिलो बैठक सम्पन्न, के भयो छलफल ?

संविधान संशोधन कार्यदलको पहिलो बैठक सम्पन्न, के भयो छलफल ?

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम शाहको अध्यक्षतामा बसेको बैठक सकिएको हो ।

बैठकले कार्यदल गठन गरेकोमा सरकारलाई धन्यवाद व्यक्त गर्दै संविधान संशोधनका प्राथमिक कार्यहरू अघि बढाएको जनाएको छ ।

बैठकले राजनीतिक दलहरूको लिखित धारणा संकलन गर्ने, मुख्य मुद्दाहरू पहिचान गर्ने र आगामी कार्ययोजना तयार गर्ने जिम्मेवारी सदस्य सचिव लिलाधर सुवेदीलाई दिएको छ।

संयोजक शाहले संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागीता र तथ्यमा आधारित हुने प्रष्ट पारेका छन् । उनले धारा २७४ को प्रावधान उद्धृत गर्दै सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनताको सार्वभौमसत्तामा असर पर्ने संशोधन असंवैधानिक हुने स्पष्ट पारेका छन्।

बैठकमा विभिन्न राजनीतिक दल र सरकारी निकायका प्रतिनिधिहरू उपस्थित थिए । त्यसमा रास्वपाका मोहन आचार्य, नेकपा एमालेका डा. भीष्मनाथ अधिकारी, नेकपाका देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राप्रपाका ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टीका डा. सुरेन्द्र कुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीका डा. आभाष लाभ र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल सहभागी थिए।

सरकारी अधिकारीको रूपमा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल उपस्थित थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077