Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

बिहिवार , चैत्र २६, २०८२

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बिहीबार साँझ करिब ६स्५ बजे कृष्णपुर नगरपालिका–१, कुमगडाको भित्री कच्ची सडकमा से १ ज २९० नम्बरको जीप अनियन्त्रित भइ अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र सोही स्थानकी ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा चालकसहित आठजना सवार थिए । दुर्घटनामा चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन् । साउदको टाउको तथा शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, १४ वर्षीया रेश्मा घटाल र भिमदत्त नगरपालिका तिल्केनीकी ५० वर्षीया गंगा बिष्ट घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ ।

प्रहरीका अनुसार घाइतेहरूलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढी पठाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077