पोखरा। पोखरामा माइजूको हत्यामा संलग्न भान्जा पक्राउ परेका छन्।
पोखरा ८‚ सभागृह चोकमा २५ चैतको साँझमा ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि धारिलो हतियार प्रहार गरि हत्या भएको थियो।
गत चैत २७ गते साँझ करिब ७ः०६ बजे सिर्जना पौडेल केसी आफ्नो मासु पसल बन्द गरेर पैदल घरतर्फ जाँदै गर्दा पोखरा–बागलुङ सडकखण्डको शिवालय चोकनजिकै उनीमाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो।
हतियार प्रहारबाट सख्त घाइते केसीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकोमा चिकित्सकले साँझ ८स्१८ बजे मृत घोषणा गरेका थिए।
कास्की प्रहरीले सोहि घटनामा संलग्न संलग्न दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका–११ का २७ वर्षीय शिशिर केसी र उनका साथी पोखरा–२७ का कुशल परियार रहेका छन् ।
उनीहरूलाई २७ चैत ९शुक्रबार० मा रूपन्देहीको बुटवल र कास्कीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका केसी सिर्जनाका भाञ्जा हुन्।
प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको मुख्य कारण पारिवारिक झैझगडा र अंश मुद्दा रहेको खुलेको छ । घटनाको थप अनुसन्धान जारी रहेको र पक्राउ परेकामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा कानुनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।