Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया आज हुँदैछ ।

त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीको पित्तथैली शल्यक्रियाको मिति आजलाई तोकेको थियो । सोहिअनुसार अहिले ओलीलाई अपरेसन थ्रिएटरमा लगिएको  परिवार स्रोतले जनाएको छ । 

डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहने टोलीले शल्यक्रिया गरी पित्तथैलीमा रहेको पत्थरी निकाल्नेछ । 

चिकित्सकका अनुसार ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ ।

१४ गते पक्राउलगत्तै गरिएको स्वास्थ्य परीक्षणका क्रममा तीनपटक मिर्गौला प्रत्यारोपण गरेकाओलीमा पाँच प्रकारका समस्या देखिएका थिए । 

त्रिवि शिक्षण अस्पतालले जारी गरेको उनको स्वास्थ्यसम्बन्धी सूचनाअनुसार हाइड्रोनेफ्रोसिस, मधुमेह, मेलिटस, उच्च रक्तचाप, हाइपोथायरायडिज्म, एपीसी र कोलेलिथियासिस जस्ता समस्या थिए । तिनै समस्याका कारण पत्थरीको अप्रेसन गर्न मिलेको थिएन । 

ओली परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हिरासतमा राखेको कुरालाई ‘कानुन प्रतिकूल भन्न नमिल्ने’ उल्लेख गरे पनि म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने, नचल्ने निर्णय गरी सोही अनुसार गर्न आदेश दिएको थियो ।

भदौ २३ र २४ को घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका ओलीलाई प्रहरीले बिहीबार बिहान हाजिर जमानीमा छाडेको थियो ।

ओलीसँगै पक्राउ परेका पूर्व गृहमन्त्री एवम कांग्रेस नेता रमेश लेखकलाई २६ गते जिम्मा जमानीमा रिहा गरेको थियो । लेखक भने घर फर्किसकेका छन् ।

तर ओलीको पत्थरीको उपचार नगरी घर फर्किनका लागि चिकित्सकले अनुमति दिएका थिएनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077