Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न, अपरेसन थिएटरबाट वार्डमा सार्ने तयारी

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न, अपरेसन थिएटरबाट वार्डमा सार्ने तयारी

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको शल्यक्रिया गरिएको थियो ।

ओलीको सचिवालयले उनको पत्थरीको शल्यक्रिया सम्पन्न भएको जानकारी गराएको छ ।

डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वको टोलीले ओलीको  शल्यक्रिया गरी पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी निकालेको हो । 

शल्यक्रियापछि उनलाई अपरेसन थिएटरबाट वार्डमा सार्ने तयारी भइरहेको छ। स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण केहीबेरमै प्रेस नोटमार्फत सार्वजनिक गरिने अस्पतालले जनाएको छ।

गत चैत १४ गते जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनका आधारमा१४ गते पक्राउलगत्तै गरिएको स्वास्थ्य परीक्षणका क्रममा तीनपटक मिर्गौला प्रत्यारोपण गरेकाओलीमा पाँच प्रकारका समस्या देखिएका थिए । 

त्रिवि शिक्षण अस्पतालले जारी गरेको उनको स्वास्थ्यसम्बन्धी सूचनाअनुसार हाइड्रोनेफ्रोसिस, मधुमेह, मेलिटस, उच्च रक्तचाप, हाइपोथायरायडिज्म, एपीसी र कोलेलिथियासिस जस्ता समस्या थिए । तिनै समस्याका कारण पत्थरीको अप्रेसन गर्न मिलेको थिएन । 

ओली परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हिरासतमा राखेको कुरालाई ‘कानुन प्रतिकूल भन्न नमिल्ने’ उल्लेख गरे पनि म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने, नचल्ने निर्णय गरी सोही अनुसार गर्न आदेश दिएको थियो ।

भदौ २३ र २४ को घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका ओलीलाई प्रहरीले बिहीबार बिहान हाजिर जमानीमा छाडेको थियो । ओलीसँगै पक्राउ परेका पूर्व गृहमन्त्री एवम कांग्रेस नेता रमेश लेखकलाई २६ गते जिम्मा जमानीमा रिहा गरेको थियो । लेखक भने घर फर्किसकेका छन् ।

तर ओलीको पत्थरीको उपचार नगरी घर फर्किनका लागि चिकित्सकले अनुमति दिएका थिएनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077