Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वर्षको अन्तिम कारोबार दिन ४.१८ अंकले घट्यो नेप्से

वर्षको अन्तिम कारोबार दिन ४.१८ अंकले घट्यो नेप्से

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं। वर्षको अन्तिम कारोबार दिन सोमबार नेप्से ४.१८ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.१४ प्रतिशतले घटेको नेप्से २८३३.६० विन्दुमा अडिएको हो।

सेयरबजारमा सोमबार ३४२ कम्पनीको एक लाख एक हजार १८० पटकको कारोबारमा दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको कारोबार भयो।

१३ समूहका कारोबार ६ समूहका सूचक बढ्दा बाँकी सात समूहका सूचक घटे। जसअनुसार सोमबार वाणिज्य बैंक समूहको सूचक ०.४७‚ विकास बैंक ०.५५ र फाइनान्स ०.२९ प्रतिशतले घटे। यसैगरी होटेल तथा पर्यटन १.०२‚ जलविद्युत् ०.६६ लगानी समूहको उपसूचक ०.१३ प्रतिशतले बढ्यो।

यस्तै जीवन बिमा ०.४६ प्रतिशतले ओरालो लाग्दा उत्पादन तथा प्रशोधन ०.४० प्रतिशतले उकालो लाग्यो। यस्तै लघुवित्त ०.४२ प्रतिशतले बढ्यो। म्युचुअल फन्ड ०.३६ र निर्जीवन बिमा ०.४६ प्रतिशतले बढ्यो। अन्य १.६२ र व्यापार समूहको उपसूचक ०.२१ प्रतिशतले घटे।

नेप्सेमा सोमबार चार कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर लिमिटेड‚ सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी‚ होटेल फरेस्ट इन नेपाल र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड छन्। अर्थात् यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे। यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.६२ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज नेसनलको ९३ करोड १९ लाख ४१ हजार ९८० रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज नेसनल हाइड्रोपावर नै सबैभन्दा अगाडि रह्यो। नेसनलको सेयर सोमबार २८ लाख ५४ हजार २६६ कित्ता किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३३१ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077