Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ वर्षको शुभकामना दिँदै आईजीपी कार्कीले भने - सुख, शान्ति र समृद्धिको बाटोमा अघि बढौँ

नयाँ वर्षको शुभकामना दिँदै आईजीपी कार्कीले भने - सुख, शान्ति र समृद्धिको बाटोमा अघि बढौँ

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत जारी सन्देशमा आईजीपी कार्कीले नयाँ वर्षले नेपाली जनताको जीवनमा सुख, शान्ति, समृद्धि तथा सतत् प्रगतिको उज्यालो सम्भावना ल्याओस् भन्ने कामना गरेका छन् । उनले बितेका वर्षका अनुभव, उपलब्धि र सिकाइलाई आत्मसात् गर्दै आगामी दिनहरूमा अझ सुदृढ संकल्प, सकारात्मक सोच र आपसी सद्भावका साथ अघि बढ्न सबैलाई आग्रह गरेका छन्।

उनका अनुसार नयाँ वर्ष केवल पात्रो परिवर्तन मात्र नभई आशा, ऊर्जा र उत्साहको नयाँ सञ्चार गर्ने प्रेरणादायी अवसर हो। “राष्ट्रप्रतिको कर्तव्यबोध, जिम्मेवारी र समर्पणको भावनालाई अझ सुदृढ बनाउँदै समुन्नत र समृद्ध राष्ट्र निर्माणतर्फ हामी सबै अग्रसर हुनुपर्छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।

आईजीपी कार्कीले नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपालीबीच एकता, सहकार्य र सकारात्मक सोचको विस्तार गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077