Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीले डीआईजी बढुवामा एसएसपीको अन्तर्वार्ता लिने !

गृहमन्त्रीले डीआईजी बढुवामा एसएसपीको अन्तर्वार्ता लिने !

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त रहेको नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

केही दिनभित्रै बढुवा गर्ने तयारी भइरहेको मन्त्रालय स्रोत बताउँछ ।  सशस्त्र प्रहरीमा डीआईजी पद रिक्त भएको महिनौं भइसकेको छ । विगतमा चुनावका कारण बढुवा रोकिएको थियो ।

तर, नयाँ सरकार बनेको दुई साता हुँदा पनि बढुवा प्रक्रिया अघि नबढेको भन्दै आलोचना बढेपछि गृहले गृहकार्य अघि बढाएको हो । 

गृह मन्त्रालय स्रोतका अनुसार यसपटक विगतमा सोर्सफोर्स र चलखेलका आधारमा बढुवा भएकालाई ‘नकारात्मक सूची’मा राख्ने तयारी छ। जसकारण वरियतामा अघि रहेकाहरु बढुवामा छुट्ने सम्भवना छ ।

विगतमा राजनीतिक पहुँच नभएकाहरुलाई बढुवामा प्राथमिकता दिन मन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठलाई निर्देशन दिएका छन्।

आवश्यक परेमा आफैंले बढुवाका आकांक्षीहरुको अन्तर्वार्ता समेत लिने मन्त्री गुरुङको तयारी रहेको स्रोत बताउँछ । 

‘जेष्ठता होइन कार्यक्षमताका आधारमा बढुवा गर्नुपर्छ भन्ने मन्त्रीज्युको कुरा छ,’ मन्त्रालयका एक अधिकारी भन्छन्,‘त्यसैको गृहकार्यका कारण बढुवामा केही समय लागेको हो।’ 

बढुवामा सिंस २ का एसएसपीहरु मुख्य दाबेदार छन् । जसमा दिगविजय सुवेदी, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुदिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, राजेन्द्र खड्का, उद्धव न्यौपाने, नरेन्द्र सेन, शंकर खनाल र किरण ढुंगाना बरितयामा अगाडि छन् ।

तर, कार्यक्षमता हेरिने र विगतमा राजनीतिक चलखेलका आधारमा बढुवा भएकालाई नराख्ने नीति भएकाले उनीहरुभन्दा पछि एसएसपी भएकाहरु पनि यसपटक बढुवामा अटाउने सम्भावना छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077