Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी

बुधवार , बैशाख २, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । 

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि उत्पन्न विवादलाई लिएर समितिको बैठक बस्न लागेको हो ।

केहिदिन अघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणसँग सम्बन्धित विषयमा खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले उनलाई सचेत गराउने निर्णय गरेको थियो ।

चैत १८ गते बसेको समितिको बैठकले लेटरहेडको दुरुपयोग दोहोरिएमा पार्टी विधान २०१७ (संशोधनसहित) र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

यसैगरी खड्काले सोमबार पनि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।

समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा खड्कामाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल हुने सम्भावना छ ।

यसैबीच, आजै दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077