Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनुशासन समितिको स्पष्टीकरण सोध्ने निर्णयबारे खड्का भन्छन्– हास्यास्पद र अर्थहीन

अनुशासन समितिको स्पष्टीकरण सोध्ने निर्णयबारे खड्का भन्छन्– हास्यास्पद र अर्थहीन

बुधवार , बैशाख २, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्व सभापति पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्।

बुधबार पार्टीको केन्द्रीय अनुशासन समितिले खड्काले अवैध ढंगबाट  पार्टीको लेटरप्याड दुरुपयोग गरी कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको आरोपमा खड्कासँग ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर खड्काले पार्टीको अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई हास्यास्पद रहेको प्रतिक्रिया दिँदै जवाफ नदिने बताएका हुन्।

'अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका अवैध संरचनाले स्पष्टीकरण सोध्ने भन्ने निर्णय जुन भएको छ यो निर्णय निरर्थक छ, हास्यास्पद छ, अर्थहीन छ,' खड्काले भनेका छन् । 

विशेष महाधिवेशनले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति भंग गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । 

तर खड्का भने आफूलाई कार्यवाहक सभापतिकै हैसियतमा राखेर विज्ञप्ति जारी गर्दै आएका छन् ।

चैत १४ मा पनि खड्काले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोधमा कार्यवाहक सभापतिकै रुपमा विज्ञप्ति जारी गरेका थिए। 

त्यसपछि केन्द्रीय अनुशासन समितिले चैत १८ गते कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनाधिकृत वक्तव्य जारी गरेको भन्दै यस्तो कार्य नगर्न सचेत गराउने निर्णय गरेको थियो।

तर गत चैत ३० मा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाउदै पुनः कार्यवाहक सभापतिकै रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले सात दिने प्रष्टीकरण सोधेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077