एजेन्सी । इरानले विश्वका लागि तीन महत्त्वपूर्ण समुद्री मार्गहरू बन्द गर्ने चेतावनी दिएको छ ।
अमेरिकाले हर्मुज जलमार्गमा नाकाबन्दी जारी राखे इरानले लाल सागर, ओमान सागर र फारसी खाडीमा समुद्री व्यापार पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको हो ।
इरानी सेनाको केन्द्रीय कमाण्ड केन्द्रका प्रमुख अली अब्दुल्लाहीले अमेरिकी प्रतिबन्धहरू र इरानी जहाज र तेल ट्याङ्करहरूको सुरक्षालाई खतरामा पार्ने प्रयासहरू उत्तेजक भएको बताए ।
उनले इरानले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न निर्णायक कदम चाल्ने बताए।
अमेरिकाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नौसेना नाकाबन्दी लगाएको छ।