Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा, श्रीमती र छोरीको नाममा समेत लगानी

उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा, श्रीमती र छोरीको नाममा समेत लगानी

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध ठूलो भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै तिवारीले सार्वजनिक पदमा रहँदा अधिकारको दुरुपयोग गरी १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको हो।

अख्तियारका अनुसार तिवारीको २०४४ सालदेखि २०७८ सालसम्मको सेवाअवधिमा वैधानिक आम्दानी १४ करोड ५५ लाख ९१ हजार रुपैयाँमात्रै देखिएको छ।

तर सोही अवधिमा उनको खर्च तथा लगानी २५ करोड ६ लाख ८७ हजार रुपैयाँ पुगेको पाइएको छ। यसरी हेर्दा आम्दानीभन्दा १० करोड ५४ लाख रुपैयाँ बढी खर्च भएको निष्कर्ष आयोगले निकालेको छ।

अनुसन्धानका क्रममा तिवारीले आर्जन गरेको गैरकानुनी सम्पत्ति आफ्नी श्रीमती मीना देवी तिवारी र छोरी मीराको नाममा समेत राखेको भेटिएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले उनीहरूको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम बिगोबराबर जरिवाना, कैद तथा थप सजायको माग गरेको छ। साथै, झुट्टा सम्पत्ति विवरण पेश गरेको अभियोगमा पनि कारबाही माग गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077