Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तस्करी नियन्त्रणमा गृहमन्त्री गुरुङले मागे सांसदहरूको सुझाव

तस्करी नियन्त्रणमा गृहमन्त्री गुरुङले मागे सांसदहरूको सुझाव

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । सीमापार तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय छलफल अघि बढाएको छ।

शुक्रबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री सुधन गुरुङ तथा मधेश र लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूको सहभागिता रहेको थियो।

छलफलमा सहभागी सांसदहरूले सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी तत्काल नियन्त्रण गर्न प्रभावकारी र व्यवहारिक कदम आवश्यक रहेको बताएका छन्।

उनीहरूले हालको भन्सार प्रणालीलाई समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिँदै भन्सार दर पुनरावलोकनको आवश्यकता औंल्याए।

सरकारले सीमा क्षेत्रमा कडाइ गर्दै न्यून मूल्यका सामानसमेत वैध प्रक्रियामार्फत मात्र भित्र्याउनुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने संकेत दिएको छ। यसले अवैध कारोबार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, सीमाक्षेत्रमा निगरानी तथा अनुगमन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउने विषयमा पनि छलफल केन्द्रित भएको थियो।

कृषि सामग्री तथा मलखादको आपूर्ति सहज बनाउन भन्सार प्रक्रिया सरलीकरण गर्नुपर्ने सुझाव सांसदहरूले राखेका थिए।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक जीवनलाई ध्यानमा राख्दै निश्चित मापदण्डका आधारमा उपभोग्य वस्तुमा सीमित भन्सार छुट दिनुपर्ने प्रस्ताव पनि छलफलमा उठाइएको थियो।

गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू मन्त्रालयले नै कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा आवश्यक समन्वयमार्फत समाधान खोज्ने सहमति भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077