Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको फैसलापछि गगन थापाले भने- पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो

सर्वोच्चको फैसलापछि गगन थापाले भने- पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई पार्टी एकताको अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालतको फैसला आफ्नो पक्षमा आएसँगै थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।

सभापति थापाले यसलाई कुनै पक्षको जित वा हार नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको जितका रूपमा व्याख्या गर्दै लेखेका छन्- सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण' बनाएको छ। यो कुनै जित-हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।'

थापाले अबको प्राथमिकता पार्टीलाई थप बलियो र एकताबद्ध बनाउने साझा अभियान हुनुपर्ने उल्लेख गर्दै देश तथा विदेशमा रहेका सबै पार्टी सदस्य तथा शुभेच्छुकलाई जिम्मेवार र सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्। 

साथै थापाले कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले थप लेखेका छन्- 'पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077