Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खड्का निवासमा देउवा पक्षका नेताहरूको बैठक

खड्का निवासमा देउवा पक्षका नेताहरूको बैठक

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । नेपाली कांग्रेसको विवादमा सर्वोच्च अदालतले सभापति गगनकुमार थापालाई मान्यता दिएपछि इतर पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

गोल्फुटारस्थित खड्का निवासमा जारी बैठकमा सर्वोच्चको निर्णयपछिको अवस्था, भावी रणनीतिलगायतका विषयमा छलफल भइरहेको छ।

आजको छलफलपछि आगामी कदमबारे निर्णय हुने नेताहरूले बताएका छन् । बैठकमा नेता विमलेन्द्र निधि, शशांक कोइराला, कृष्ण सिटौलालगायत सहभागी छन् ।

गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिरकारिकतालाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च गुहार्न पुगेको थियो। 

तर शुक्रबार सर्वोच्चले उक्त रिट नै खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ। 

बिहीबार र शुक्रबारको सुनुवाइपछि न्यायाधिश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कांग्रेसलाई आधिकारीकता प्रधान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको हो । आदेश दिएसँगै कांग्रेसको असन्तुष्ट पक्ष अब कसरी अघि बढ्ने अन्योलमा छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077