Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देउवा पक्षको प्रस्ताव: १५औँ महाधिवेशन सम्पन्न गर्न साझा संयन्त्र बनाऔँ

देउवा पक्षको प्रस्ताव: १५औँ महाधिवेशन सम्पन्न गर्न साझा संयन्त्र बनाऔँ

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आधिकारिकताको विषयमा असन्तुष्टि कायमै रहेको बताएका छन् ।

शनिबार देउवा निकट नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कानुनी रूपमा निर्णय भइसके पनि राजनीतिक रूपमा समस्या अझै कायम रहेको बताएका हुन् ।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति सबैको स्वामित्व नभएको उनको भनाइ छ ।

 हालको केन्द्रीय समितिका निर्णयहरू एकपक्षीय रूपमा भएको जिकिर गर्दै विशेष महाधिवेशनमा सबै पक्षको सहभागिता नभएको बताए ।

त्यसैले महतले पार्टीको १५औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न पूर्ण अधिकारसहितको साझा संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन्।

उनले पार्टीलाई एक ढिक्का बनाई सहमतिपूर्ण ढंगबाट अघि साझा संयन्त्र बनाई पार्टी १५औँ अधिवेशन गर्ने सम्पूर्ण अधिकार सोही संयन्त्रलाई दिनुपर्ने आफ्नो राय रहेको बताए। 

यस्तो संयन्त्रले सम्पन्न गर्ने अधिवेशनबाट चयन हुने नेतृत्वमा सबै पक्षको स्वामित्व रहने उनको भनाइ छ।

गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिरकारिकतालाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च गुहार्न पुगेको थियो। 

तर शुक्रबार सर्वोच्चले उक्त रिट नै खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको थियो ।

बिहीबार र शुक्रबारको सुनुवाइपछि न्यायाधिश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कांग्रेसलाई आधिकारीकता प्रधान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो ।

त्यसपछि छलफलमा जुटेका देउवा पक्षका नेताहरूले पनि अदालतको फैसलालाई आत्मसात् गर्ने निर्णय गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077