Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख ११ मा मतदान हुने

कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख ११ मा मतदान हुने

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि वैशाख ११ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया सोही दिन दिउँसो ४ बजेदेखि ५ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चालन गरिनेछ।

दलको विधानअनुसार वैशाख १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।

यस्तै उम्मेदवारहरूको अन्तिम सूची मतदानकै दिन साढे ३ बजे सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा हार व्योहोरेको ३८  कांग्रेसमा प्रतिनिधिसभामा कांग्रेसका सामानुपातिक र प्रत्यक्षमा गरी ३८ सांसद छन् ।

संसदमा प्रतिनिधित्व भएका  रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।

तर प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन। 

गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, निस्कल राईलगायतको दाबेदारी रहेको छ। 

यद्यपी पूर्वसहमहामन्त्री भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ।

8.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077