Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफै विवादमा तानिएका गृहमन्त्री गुरुङ भन्छन्- भ्रष्टाचारीविरुद्धको कारबाही रोकिँदैन

आफै विवादमा तानिएका गृहमन्त्री गुरुङ भन्छन्- भ्रष्टाचारीविरुद्धको कारबाही रोकिँदैन

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारीविरुद्धको कारबाही नरोकिने बताएका छन् । 

सोमबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै वर्षौंदेखि राष्ट्रको ढुकुटीमा आँखा गाडेका भ्रष्टहरूमाथि कारबाही नरोकिँने बताएका हुन् ।

शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट समूहले सेटिङमा हात पारेको एक लघु बिमा कम्पनीको पनि शेयर होल्डर रहेको तथ्य भेटिएपछि गृहमन्त्री गुरुङ आफै विवादमा मुछिएका छन्।

सोहि आधारमा आफूमाथि उठेका प्रश्नको दोस्रो पटक जवाफ दिँदै गुरुङले लेखेका छन्- 'वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो । कारबाही रोकिँदैन, डगमगाइँदैन ।’ 

दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दु:ख गरेर कोहि नलागेको गुरुङको भनाइ छ ।

गृहमन्त्रीकाअनुसार केही समूहहरू पछिल्लो समय भ्रष्टाचारविरुद्ध सरकारले अघि बढाएको अभियानलाई लिएर कारबाहीबाट बच्न विभिन्न हल्ला फैलाउने र मिडियामार्फत् भ्रम सिर्जना गर्ने प्रयासमा लागेका छन्।

साथै उनले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर निष्पक्ष अनुसन्धान र प्रमाणका आधारमा दोषीमाथि कारबाही गर्ने र कुनै पनि दबाब वा प्रभावमा नपर्ने स्पष्ट पारेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077