Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डले भने- उहाँले मन्त्री पद त्यागेर राम्रो गर्नुभयो

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डले भने- उहाँले मन्त्री पद त्यागेर राम्रो गर्नुभयो

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएर उचित कदम चालेको टिप्पणी गरेका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सही निर्णय भएको धारणा व्यक्त गरेका हुन्।

गृहमन्त्रीको कदमप्रति सकारात्मक मूल्याङ्कन गर्दै उनले उठेका प्रश्न र विवादको पृष्ठभूमिमा मन्त्री पद त्याग गर्नु सही निर्णय भएको बताए ।

प्रचण्डले भने- ‘विवादको पृष्ठभूमिमा मन्त्री पद त्याग गर्नु सही निर्णय हो । उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो ।’

विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि विवादमा तानिएका सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077