Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक भोलि बस्ने

संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक भोलि बस्ने

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले दोस्रो बैठक बिहीबार बस्ने भएको छ।

कार्यदलका संयोजक असिम शाहले अपराह्न ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ।

सरकारले शाहको नेतृत्वमा गठन गरेको उक्त कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने जिम्मेवारी पाएको छ। यसअघिको पहिलो बैठक चैत २५ गते बसेको थियो, जहाँ प्रारम्भिक छलफल मात्र भएको थियो।

पहिलो बैठकमा भीष्म अधिकारी, देव गुरुङ, ध्रुवराज राई, ज्ञानबहादुर शाही, दुर्गा पौडेल, राजेन्द्र लाभ र सुरेन्द्रकुमार झा लगायतका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा सहभागी दलहरूले संविधान संशोधनका प्राथमिकता र उद्देश्य स्पष्ट पार्न सरकारसँग आग्रह गरेका थिए। त्यसपछि कार्यदलले सबै राजनीतिक दललाई बहसपत्रबारे जानकारी पठाइसकेको जनाएको छ।

यद्यपि, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले हालसम्म कार्यदलमा आफ्नो प्रतिनिधि पठाएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077