Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक बस्दै

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक बस्दै

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको दोस्रो बैठक बस्दै छ ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज  बस्न लागेको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा विभिन्न राजनीतिक दलहरूले पेश गरेका लिखित धारणा, पहिचान भइसकेका संविधान संशोधनका प्रमुख मुद्दाहरू तथा कार्यदलको आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ ।

कार्यदलमा रास्वपार्टीका तर्फबाट मोहन आचार्य, नेकपा एमालेबाट संविधान सभाका सदस्य एवं डा। भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही, राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट लगायत सदस्य छन् ।

​नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने प्रतिनिधि तोकिसकेका छैनन् । 

यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते बसेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077