काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनसम्बन्धी निर्वाचन कार्यक्रम हेरफेर गरेको छ ।
दलको नेता चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले पूर्वनिर्धारित समय तालिकामा परिवर्तन गरेको हो ।
परिवर्तित कार्यक्रमअनुसार, उमेदवारी दर्ता शुक्रबार दिउँसो ३ बजे हुनेछ भने साढे ४ सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।
मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने नयाँ तालिका तय गरिएको छ ।
प्रतिनिधिसभामा ३८ जना सांसद रहेको कांग्रेसलाई दलको नेता टुंगो लगाउन सकस भएको छ ।
कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा छ ।
