Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिपक भट्टसँग जोडिएपछि तानिए सम्पत्ति शुद्धीकरणका महानिर्देशक

दिपक भट्टसँग जोडिएपछि तानिए सम्पत्ति शुद्धीकरणका महानिर्देशक

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ ।

पक्राउ परेका विचौलिया दिपक भट्टको कम्पनीमा श्रीमतीको नाममा शेयर लिएको खुलेपछि महानिर्देशक ठाकुर तानिएका हुन् ।

उनको ठाउँमा कसलाई पठाइयो भन्ने अहिलेसम्म खुलेको छैन । महानिर्देशक ठाकुर स्वयं भट्टसँग व्यवसायिक साझेदार रहेको प्रमाण सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको थियो ।

सार्वजनिक विवरण अनुसार ठाकुरले आफ्नी श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता सेयर खरिद गरी भट्टसँग प्रत्यक्ष सम्बन्ध कायम गरेको देखिएको छ ।

विवादित हिमालयन रि-ईन्स्योरेन्समा भट्टसहित शाहिल अग्रवाल, सुलभ अग्रवाल र शेखर गोल्छा लगायतको लगानी रहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077