Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाक्पा फुटी शेर्पाले दिइन् उज्यालो नेपाल पार्टीबाट राजिनामा

लाक्पा फुटी शेर्पाले दिइन् उज्यालो नेपाल पार्टीबाट राजिनामा

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी लाक्पा फुटी शेर्पाले उज्यालो नेपाल पार्टीबाट राजीनामा दिएकी छिन् ।

शेर्पाले पार्टीका अध्यक्षलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य र साधारण सदस्य दुवै पदबाट अलग हुने निर्णयसहित राजीनामा पत्र बुझाएकी हुन् ।

राजीनामा पत्रमा उनले व्यक्तिगत कार्यव्यस्तता बढ्दै जाँदा पार्टीको जिम्मेवारी सम्हाल्न असहज भएको उल्लेख गरेकी छिन् ।

‘आफ्नो व्यक्तिगत कार्यव्यस्तताका कारण अब उप्रान्त यस पार्टीको जिम्मेवारीमा रहिरहन मलाई असहज महसुस भएको छ। अतः आजकै मितिदेखि लागू हुने गरी म उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहने गरी आफ्नो पदबाट राजीनामा पेस गर्दछु,’ उनले लेखेकी छिन्।

पार्टीबाट अलग भए पनि समाज र राष्ट्रप्रति आफ्नो प्रतिबद्धता भने यथावत् रहने शेर्पाले स्पष्ट पारेकी छिन्। उनले स्वतन्त्र नागरिकको रूपमा सामाजिक सेवा र देशको समुन्नतिका लागि निरन्तर योगदान दिने प्रतिबद्धता जनाएकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077