Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उज्यालो नेपालका तीन केन्द्रीय सदस्यहरुले एकसाथ छाडे पार्टी

उज्यालो नेपालका तीन केन्द्रीय सदस्यहरुले एकसाथ छाडे पार्टी

बिहिवार , माघ ८, २०८२

काठमाडौं। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का तीन केन्द्रीय सदस्यले पार्टी छाडेका छन् ।

पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उज्यालो नेपाल पार्टी भित्र आन्तरिक लोकतन्त्र अत्यान्त कमजोर, विचार, विधि, प्रक्रिया अस्पष्ट, पहिचानसम्बन्धी एजेन्डा लिखितरुपमा नभएको भन्दै पार्टी छाडेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

साथै उनीहरूले पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकोले पार्टीमा बस्न नैतिकताले नदिएको बताएका छन्।

डकेन्द्रसिंह थेगिम पार्टी गठन अघि प्रदेश नं १ पुनःनामकरण संयुक्त संघर्ष समिति का संयोजक थिए । गुरुङ र इजम भने नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077