Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कञ्चनपुर-२ मा उज्यालो नेपालका उम्मेदवार निष्क्रिय, रास्वपालाई समर्थन

कञ्चनपुर-२ मा उज्यालो नेपालका उम्मेदवार निष्क्रिय, रास्वपालाई समर्थन

बुधवार , फाल्गुण २०, २०८२

कञ्चनपुर । उज्यालो नेपाल पार्टीबाट कञ्चनपुर २ मा उम्मेदवार बनेका योगेन्द्र बहादुर साउदले निर्वाचनको मुखमा पार्टी परित्याग गरेका छन् । 

उक्त क्षेत्रका रास्वपाका उम्मेदवार दीपक बोहरालाई समर्थन र सहयोग गर्ने भन्दै उनी पार्टी नै परित्याग गरेर आफ्नो उम्मेदवारीबाट पछि हटेका हुन् ।

उनले आजैका मितिदेखि आफू उज्यालो नेपालबाट अलग भएको र आफ्नो समर्थन रास्वपालाई नै हुने प्रष्ट पारेका छन् ।

उनले भने- 'बच्चादेखि बुढासम्म रास्वपा र घण्टीको नाम लिइरहेका बेला कञ्चनपुर २ मा पनि वैकल्पिक शक्तिहरूको मत विभाजन नहोस् भनेर मैले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको हुँ ।युवा–युवा मिल्नुपर्छ भन्ने हिसाबले पनि मैले उहाँलाई समर्थन जनाएको छु।'

परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले यो निर्णय लिएको साउदको भनाइ छ ।

 यसअघि अछाम–२ मा पनि उनेपाका उम्मेदवार राजेश रावलर्ले  रास्वपाका उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्दै भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077