Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मोरङ ६ मा उनेपाका उम्मेदवार वसन्त बुढाथोकीले एमालेलाई सघाउने

मोरङ ६ मा उनेपाका उम्मेदवार वसन्त बुढाथोकीले एमालेलाई सघाउने

आइतवार , फाल्गुण १७, २०८२

विराटनगर। उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई सघाउने भएका छन्। 

आइतबार मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ नेतृत्वको उनेपाका उम्मेदवार बुढाथोकीले ढकाललाई जिताउन आफ्नो उम्मेदवारी निष्क्रिय गराएको जानकारी गराएका हुन्।

पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने एक्ला उम्मेदवार ढकाल मात्रै भएको बताउँदै बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर ढकाललाई समर्थन गरेको बताए ।

मोरङ क्षेत्र नम्बर ६ बाट पटक-पटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम समेत नगरेको उल्लेख गर्दैअहिलेको अवस्थामा ढकाल नै उपयुक्त विकल्प भएको बताएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077