Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी प्रतिष्ठानको जग्गा जोगियो, आईजीपी कार्कीले भने – ऐतिहासिक उपलब्धि

प्रहरी प्रतिष्ठानको जग्गा जोगियो, आईजीपी कार्कीले भने – ऐतिहासिक उपलब्धि

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । नेपाल सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने निर्णय गरेपछि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले त्यसलाई “ऐतिहासिक उपलब्धि” का रूपमा स्वागत गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा रहने निर्णय गरेको हो ।

यसअघि २०७५ भदौ २१ मा उक्त जग्गा राष्ट्रपति कार्यालय लाई दिने निर्णय गरिएको थियो। अहिले सरकारले सो निर्णय सच्याउँदै प्रतिष्ठानको स्वामित्व सुरक्षित गरेको छ।

सरकारको निर्णयपछि नेपाल प्रहरीका प्रमुख कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस कदमले संगठनको संस्थागत सुदृढीकरणमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन् ।

उनले लेखेका छन्,‘नेपाल प्रहरीको ऐतिहासिक विरासत, संस्थागत गौरव तथा व्यावसायिक उत्कृष्टताको धरोहरका रूपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः पूर्ववत् रूपमा कायम रहने निर्णय संगठनका लागि अत्यन्त महत्वपूर्ण तथा दूरगामी प्रभाव पार्ने उपलब्धि हो।’

कार्कीले यो निर्णयले दीर्घकालीन भौतिक पूर्वाधार विकास र प्रहरीको व्यावसायिक दक्षता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। साथै, उनले यसलाई दूरदर्शी निर्णय भन्दै मन्त्रिपरिषद् र प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।

यससँगै उनले विगतदेखि नै प्रतिष्ठानको संरक्षणका लागि पहल गर्दै आएका अवकाशप्राप्त वरिष्ठ प्रहरी अधिकृतहरूको योगदानको पनि प्रशंसा गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077