Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक, संसदीय दलको विधानबारे छलफल

सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक, संसदीय दलको विधानबारे छलफल

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक जारी रहेको छ।

बैठकमा संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीतिलगायत विषयमा छलफल भइरहेको जनाइएको छ।

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्नको लागि निर्वाचन गर्दैछ।

अपराह्न ३ बजेबाट संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता सुरु हुने भएको छ। ४ः४० मा उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र ५ बजेपछि मतदान गर्नेगरी कार्यतालिका ल्याएको छ ।

त्यसअघि कांग्रेस कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको विधानबारे छलफल चलेको हो।

प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसमा दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे, मोहन आचार्य र निश्कल राईको दाबेदारी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077