Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुकुम्वासी बस्तीमा आजबाट डोजर, सुरक्षा व्यवस्था कडा

सुकुम्वासी बस्तीमा आजबाट डोजर, सुरक्षा व्यवस्था कडा

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । काठमाडौंमा सुकुम्वासी बस्ती हटाउने अभियान आजबाट औपचारिक रूपमा सुरु हुने भएको छ । पहिलो चरणमा थापाथली र गैरीगाउँ क्षेत्रका बस्तीहरूमा बिहान ७ बजेदेखि नै डोजर चलाइने तयारी गरिएको छ।

सरकारले दुई दिनभित्रै राजधानीका प्रमुख सुकुम्वासी बस्तीहरू खाली गरिसक्ने लक्ष्य लिएको छ। आज थापाथली र गैरीगाउँमा अभियान सञ्चालन गरिनेछ भने मनोहरा, सिनामंगललगायत क्षेत्रका बस्ती भोलि हटाइने योजना छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त समन्वयमा अभियान सञ्चालन गर्न पाँचवटा डोजर तयारी अवस्थामा राखिएको छ। महानगरपालिका नगर प्रहरी बलका अनुसार, बस्तीका घरटहराहरू भत्काएर ‘साइट क्लियर’ गर्ने काम तीव्र रूपमा अघि बढाइनेछ।

अभियानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले बिहानैदेखि कडा सुरक्षा व्यवस्था मिलाउने जनाएको छ। सम्भावित अवरोध र तनावलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको छ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी छुट्याएर वास्तविक सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएका छन्। तर, बस्ती हटाउने कार्यसँगै पुनर्वासको विषय अझै स्पष्ट नहुँदा सरोकारवालाहरूले दीर्घकालीन समाधानको माग गरिरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077