Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शान्तिपूर्ण थापाथलीपछि मनोहरामा तनाव, ४ प्रहरी घाइते

शान्तिपूर्ण थापाथलीपछि मनोहरामा तनाव, ४ प्रहरी घाइते

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती हटाउने अभियान तनावपूर्ण बन्दै गएको छ।

कागेश्वरी मनोहरा नगरपालिका–८, मनोहरा टोलमा घरटहरा भत्काउन पुगेको डोजरमाथि स्थानीयले ढुंगामुढा गरेपछि स्थिति केहीबेर तनावग्रस्त बनेको हो।

शनिबार साँझ भएको घटनामा ढुंगामुढाबाट चार जना प्रहरी घाइते भएका छन् । नगरप्रहरी प्रमुख एवं एसपी विष्णु जोशीका अनुसार आक्रमणपछि प्रहरी टोली तत्काल ‘ब्याक’ हुन बाध्य भएको थियो।

यसअघि सोही दिन थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती शान्तिपूर्ण रूपमा खाली गराइएको थियो।

त्यसपछि मनोहरा टोलमा पनि भत्काउने कार्य अघि बढाइएको भए पनि स्थानीयको प्रतिरोधका कारण अभियान अवरुद्ध भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077