Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलाली प्रहरीको ‘स्विप अप्रेसन’ : १६९ जना नियन्त्रणमा, लागुऔषधदेखि फरारसम्म पक्राउ

कैलाली प्रहरीको ‘स्विप अप्रेसन’ : १६९ जना नियन्त्रणमा, लागुऔषधदेखि फरारसम्म पक्राउ

शनिवार , बैशाख १२, २०८३

धनगढी । कैलाली जिल्लामा प्रहरीले चलाएको 'विशेष स्वीप अपरेशन' अन्तर्गत तीन दिनमा १६९ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूले बुधबारदेखि शुक्रबारसम्म सञ्चालन गरेको संयुक्त कारबाहीमा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार अपरेशनका क्रममा लागुऔषध, चोरी तथा फरार प्रतिवादीहरूलाई लक्षित गरी व्यापक छानबिन र कारबाही गरिएको हो।

अपरेशनका क्रममा ३९ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिइएको छ भने २३ जना लागुऔषधसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले विभिन्न लागूऔषध बरामद गरेको छ ।

जसमा  १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेश, १७७ ट्याब्लेट नाइट्रोजेपाम, २०० पिस ट्रामाडोल, १७ ग्राम गाँजा रहेको छ । साथै फरार प्रतिवादी र चोरीका घटनामा संलग्नलाई पनि कारबाही गरिएको छ ।

अदालतबाट सजाय तोकिएर फरार रहेका १० जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । साथै चोरीमा संलग्न ४ जनालाई समेत नियन्त्रणमा लिइएको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेका मध्ये ९३ जनालाई प्रारम्भिक अनुसन्धानपछि सम्झाइबुझाई गरेर छाडिएको प्रहरीले जनाएको छ। बाँकी व्यक्तिमाथि भने कानुनी प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077